विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की
nepalnews.com · Fri Jun 26 10:39:36 GMT 2026

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ कोसी प्रदेशद्वारा आज विराटनगरमा आयोजित ‘कोसी मिडिया सम्मेलन’ को उद्धाटन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरुले सत्य र तथ्यको आधारमा सशक्त रुपमा अघि बढ्नु पर्ने धारणा राखे।
उनले आगामी साउन १ गतेदेखि कोसी प्रदेश सरकारले सबैलाई विज्ञापनको हक र अधिकार दिने भन्दै प्रेस क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने कुरामा जोड दिए। उनले लोकतन्त्र मुलुकको संस्कृति भइसकेकाले यसलाई कसैले पनि सखाप पार्न नसक्ने जिकिर गर्दै जनताको भाव र विद्रोहबाट स्थापित लोकतन्त्रमा प्रेस जगत मर्यादित हुनु पर्ने बताए।
Read full story at source (nepalnews.com)