युगान्डामा इबोलाको प्रकोप समाप्त
ratopati.com · Thu Aug 27 07:10:39 GMT 2026

काम्पाला । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युगान्डालाई इबोला सङ्क्रमणमुक्त घोषणा गरेको छ । नयाँ सङ्क्रमण नदेखिएको ४२ दिन पूरा भएपछि यो घोषणा गरिएको हो । तर छिमेकी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा अहिले पनि सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ ।
युगान्डालाई इबोलामुक्त घोषणा गरिएको जानकारी डब्ल्यूएचओले युगान्डाको स्वास्थ्य मन्त्रालयसँग मंगलबार संयुक्त पत्रकार सम्मेलनमार्फत दिएको थियो । युगान्डाले आफ्नै विश्लेषणका आधारमा करिब एक महिनाअघि नै देशमा इबोला प्रकोप समाप्त भएको घोषणा गरिसकेको थियो ।
Read full story at source (ratopati.com)