सुदूरपश्चिमका वन रक्षक धर्नामा
ratopati.com · Thu Aug 27 07:11:23 GMT 2026

धनगढी । सुदूरपश्चिमका वन रक्षकहरू सेवा–सुविधा र तह कायम गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहीबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि शान्तिपूर्ण धर्ना दिएका छन्।
सुदूरपश्चिमका नौवटै जिल्लामा कार्यरत वन रक्षकहरू माग सम्बोधनका लागि धनगढीमा भेला भएका हुन्। बिहीबारको धर्नामा करिब ७०–८० जना वन रक्षक सहभागी भएका थिए। उनीहरूका अनुसार अन्य जिल्लाबाट समेत वन रक्षकहरू धनगढी आउने क्रम जारी छ।
Read full story at source (ratopati.com)