एआईजी राठौरले सम्हाले उपत्यका प्रहरीको कार्यभार
barnanmedia.com · Fri Jul 03 11:37:54 GMT 2026

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका छन्। शुक्रबार राठौरले रानीपोखरी स्थित कार्यालयमा कार्यभार सम्हालेका हुन्।
मन्त्रिपरिषद्ले बिहीबार ८ जना एआईजीहरूको सरुवा गरेको थियो। राठौर प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागबाट उपत्यका प्रहरी कार्यालयमा सरुवा भएका हुन्। उपत्यका मातहत काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा कमाण्ड गर्नुपर्ने जिम्मेवारी हुन्छ ।
Read full story at source (barnanmedia.com)