महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण
bishowkhabar.com · Fri Jul 03 11:49:44 GMT 2026

काठमाडौं – संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैंकले देशका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत पाँच जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ ।
बैंकले विभिन्न समयमा आफूसँग एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरि, अशोक श्रेष्ठ, नवराज बहादुर सिंह तथा सीताराम प्रसाईको स्मृतिमा स्थापना गरिएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रति विद्यार्थी ५० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)