भट्ट, अग्रवाल, गोल्छासहित ८१ विरुद्ध मुद्दा: २३ अर्ब बढी बिगो दाबी
nagariknews.nagariknetwork.com · Fri Jun 12 01:38:06 GMT 2026

बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका साहिल अग्रवालसमेत ८१ जनाविरुद्ध २३ अर्ब रुपैयाँ बढी बिगो दाबीसहित बिहीबार तीन प्रकृतिका मुद्दा दायर गरिएको छ। भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा करिब २२ अर्ब बिगो, बैंकिङ कसुरमा चार जनाविरुद्ध करिब ४२ करोड रुपैयाँभन्दा बढी बिगो र धितोपत्रसम्बन्धी कसुरमा ८१ जनाविरुद्ध करिब एक अर्ब १४ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको हो। कसुर अनुसार फरकफरक मुद्दा फर दायर गरिएको हो।
इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बिमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर उनीहरूविरुद्ध मुद्दा दायर गर्न विशेष सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो। सोही आधारमा विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)
विश्वनाथ पौडेल