सिरहामा प्रहरीले चलायो गोली, एक जना ब्राउनसुगर कारोबारी पक्राउ
nepalnews.com · Fri Jul 03 12:08:06 GMT 2026

काठमाडौँ। भारतबाट नेपालमा ब्राउनसुगर आपूर्ति गर्ने गिरोहलाई पक्राउ गर्ने क्रममा प्रहरीले सिरहामा गोली चलाएको छ। शुक्रबार लागुऔषध नियन्त्रण ब्युरो सिरहा शाखा र इलाका प्रहरी कार्यालय महेशपुरको टोलीले गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार नवराजपुर गाउँपालिका-५ मा गोली प्रहार गरी भारत बिहार मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको छ। उनको बायाँ खुट्टामा एक गोली लागेको ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
Read full story at source (nepalnews.com)