२ लाख बढीको गुट्खा लिएर काठमाडौंबाट दोहा उड्दै थिए पक्राउ परेका पाकिस्तानी नागरिक
annapurnapost.com · Fri Jul 03 12:03:40 GMT 2026

काठमाडौं : अवैध गुट्खा तथा अन्य सामग्रीहरूसहित पाकिस्तानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६३ वर्षीय साहिद महमद रहेका छन्। उनी बिहीबार दिउँसो पौने ५ बजे कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ जहाज चढेर काठमाडौंबाट दोहा हुँदै पाकिस्तान जान लागेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा रजनीगन्धा, पान पराग, कट्था लगायतका सामग्री फेला परेको थियो।
Read full story at source (annapurnapost.com)