थारू समुदायका महिलाले आजदेखि अष्टिम्की मनाउँदै
gorkhapatraonline.com · Fri Sep 04 01:38:50 GMT 2026

थारू समुदायका महिलाले शुक्रबारदेखि अष्टिम्की पर्व मनाउँदै छन् । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने अष्टिम्की यस वर्ष पनि विभिन्न परम्परागत विधि पूरा गरी मनाइँदैछ ।
दुई दिनसम्म धुमधामका साथ मनाइने अष्टिम्की थारू समुदायका महिलाले विशेष रूपमा मनाउने पर्व हो । पर्वको अघिल्लो दिन महिलाहरू दिनभर निराहार व्रत बस्ने गर्छन् । साँझ अष्टिम्की पूजा गरिन्छ भने दोस्रो दिन व्रत समापनसँगै विभिन्न परम्परागत विधि पूरा गरिन्छ ।
Read full story at source (gorkhapatraonline.com)