रास्वपा सांसदले भने- बजेटमा पहुँचवालालाई श्रीखण्ड, नहुनेलाई खरानी नहोस्
barnanmedia.com · Tue May 19 07:02:24 GMT 2026

काठमाडौं । रास्वपाका सांसद बदन भण्डारीले अर्थमन्त्री स्वर्णीम वाग्लेललाई आगामी आर्थिक वर्षको बजेटमा विभेद नगर्न आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले समतामुलक विकासका आधारमा बजेट वितरण गर्न आग्रह गरे ।
अर्थमन्त्रीले बजेटमा कति थिति बसाल्छन् त्यो भने हेर्न बाँकी रहेको उनले सुनाए । “बेथिति हटाएर थिति बसाल्न आउनुभएका माननीय अर्थमन्त्री स्वर्णीम वाग्लेज्यूले बजेटमा कतिको थिति बसाल्नुहुन्छ हेर्न बाँकी छ,” उनले भने, “पहुँचवालालाई श्रीखण्ड नहुनेलाई खरानी नहोस् ।”
Read full story at source (barnanmedia.com)