बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)
ratopati.com · Fri Sep 04 01:45:25 GMT 2026

काठमाडौँ। देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको विवरण अनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पहिरोले सडक अवरुद्ध पारेको छ। धादिङको बेनीघाट रोराङ–७ स्थित कृष्ण भिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, धादिङकै गजुरी–२ परेवा भिरमा सानो गाडी मात्र एक लेनमा सुचारु छ भने झ्यादुखोला र कमेरेभिरमा सडक एकतर्फी मात्र खुलेको छ।
Read full story at source (ratopati.com)