सदनमा राप्रपा– जनताले रास्वपाले सरकार बनायो हामीले के पायौँ भन्न थालिसके (भिडिओ)
nepalpress.com · Tue May 19 07:17:46 GMT 2026

काठमाडौं । राप्रपाकी सांसद सरस्वती लामाले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा आज पार्टीको तर्फबाट बोल्दै उनले आज महँगीले जनताको ढाड सेकेको बताइन्।
उनले भनिन्, ‘बजारमा चामल, दाल, तरकारीदेखि लिएर दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकासिएको छ। सार्वजनिक यातायातको भाडा होस् वा भान्सामा प्रयोग हुने ग्याँस सिलिन्डर र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनताको दैनिक जीवन असहज बनेको छ। आम नेपाली जनता भोकै हुने अवस्था छ। के यही हो सरकारले दिलाउन चाहेको सुशासनको प्रत्याभूति?’
Read full story at source (nepalpress.com)