भाषा पास गरे पनि दुई वर्षदेखि कोरिया जान नपाएपछि आन्दोलनमा
onlinekhabar.com · Fri Nov 07 11:55:15 GMT 2025

२१ कात्तिक, काठमाडौं । कोरियाली भाषा परीक्षा (ईपीएस) पास गरेकाहरूले दुई वर्षदेखिे कोरिया जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । विगतकै जसरी केही दिनयता दिनहुँ ललितपुर ग्वार्कोस्थित ईपीएस कार्यालयमा उनीहरूले धर्ना दिँदै आएका हुन् ।
भाषा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । ‘कयौं वर्षका मिहिनेत, समय र पैसा खर्च गरेर ईपीएस पास गरियो, तर रोस्टर सकिन लाग्दासम्म पनि कोरिया जान पाइएन,’ ईपीएस पास गरेका अनिल चौधरीले भने, ‘कसैको एक पटक पनि कम्पनीमा फाइल जाँदैन, कसैको १५/२० पटक गइरहन्छ । ’
Read full story at source (onlinekhabar.com)