निराशामा टाँसिएको देशप्रेम
newsofnepal.com · Fri Nov 07 17:18:06 GMT 2025

जसले समयलाई बुझ्छ, उसले मुलुक बुझ्छ। तर यहाँ समयभन्दा पहिले निराशा आएको छ। के यो देश कहिल्यै जवान थियो? व्यवहार हेर्दा लाग्छ—यो देश जन्मिँदै बुढो भएर आएको राष्ट्र हो। युवा सपना बोकेर हिँडे—देशले उनीहरूलाई सपना होइन, लाइन दियो: भिसा लाइन, कागज–सिफारिस लाइन, अस्पताल लाइन, सरकारी काउन्टर लाइन।
यहाँ जीवनको गति घडीमा होइन, कागजी प्रक्रियामा मापन हुन्छ। घडी चलिरहेछ, तर प्रगति स्थिर छ। सड़कको धुलो उठ्छ, मनको धुलो बस्दैन। यहाँ हरेक नागरिक भन्छ—“देश प्रेम गर्छु”—तर साँच्चै? धेरैलाई देश भनेको जन्मदर्ताको पानामा एउटा ठेगाना मात्र हो।
Read full story at source (newsofnepal.com)