नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पताल बीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
ajakoartha.com · Fri Jun 26 10:46:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पताल बीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जमल स्थित चेम्बर भवनमा सम्पन्न सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ तथा नेपाल मेडिसिटी अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
Read full story at source (ajakoartha.com)