दोस्रो प्रादेशिक मनसुन फोरम, मनसुन पूर्वतयारी पूरा
gorkhapatraonline.com · Fri Jun 12 03:12:15 GMT 2026

। सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्वतयारी पूरा भएको सरोकारवालाले जनाएका छन् । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बिहीबार धनगढीमा आयोजना गरेको ‘दोस्रो प्रादेशिक मनसुन फोरम’ कार्यक्रममा सरोकारवाले पूर्वतयारी सम्पूर्ण रूपमा पूरा भएको बताएका हुन् । यो प्रदेशले हरेक वर्ष बाढीपहिरो, डुबान जस्ता मनसुनजन्य विपत्को सामना गर्दै आएको छ । त्यस्तो विपत्मा बर्सेनि जनधनको क्षति हुने गरेको छ ।
मनसुनजन्य विपत्का घटनाबाट जोगिनका लागि पूर्वसूचना र पूर्वतयारी सबैभन्दा बढी आवश्यक रहेको सरोकारवालाको भनाइ छ । मनसुनका बेला विपत् पूर्वसूचना प्रवाहका लागि आफ्नो सबै सञ्जाललाई चुस्तदुरुस्त अवस्थामा राखेको जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख इन्जिनियर सञ्जय साहले बताउनुभयो । उहाँले मनसुन आपत्कालीन कार्ययोजना, २०८३ अनुसार काम भइसकेको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)