वैदेशिक रोजगारी ठगीमा १९ विरुद्ध एकैदिन पक्राउ पूर्जी, २५ नयाँ मुद्दा दर्ता
onlinekhabar.com · Fri Jul 03 13:03:53 GMT 2026

१९ असार, काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सरकारले कारबाहीलाई तीव्र बनाएको छ । वैदेशिक रोजगार विभागले एकैदिन २५ वटा नयाँ मुद्दा दर्ता गर्दै १९ जना फरार अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
विभागका अनुसार वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा आज मात्रै ८ जना अभियुक्तलाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराइएको छ । फरार रहेका अन्य १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गर्दै खोजी कार्यलाई समेत तीव्र बनाइएको विभागले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)