पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)
ratopati.com · Fri Sep 04 02:45:16 GMT 2026

काठमाडौँ । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिहानैदेखि ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पूजा–अर्चना तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ। मन्दिर परिसरमा भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न भक्तजन लामो लाइनमा बसेका छन्। भक्तजनहरू भजन–कीर्तन गर्दै तथा भगवान् श्रीकृष्णको नाम स्मरण गर्दै मन्दिर पुगेका छन्।
Read full story at source (ratopati.com)