सन्तान हत्याको आरोप लागेकी लिन्से क्लान्सीको मुद्दामा जुरीबीच विवाद, सदस्य हटाउन न्यायाधीशको अस्वीकार
lokaantar.com

आफ्नै तीन सन्तानको हत्या आरोप लागेकी अमेरिकी महिला लिन्से क्लान्सीको अदालती सुनुवाइले नाटकीय मोड लिएको छ। छैटौँ दिनको लामो सुनुवाइपछि पनि जुरी कुनै निष्कर्षमा पुग्न नसकेपछि र एक जुरी सदस्यले कानुनी निर्देशन पालना गर्न अस्वीकार गरेपछि अदालतमा तनाव उत्पन्न भएको हो।
३६ वर्षीया पूर्व नर्स क्लान्सीले सन् २०२३ जनवरी २४ मा आफ्ना तीन सन्तान— ५ वर्षीया कोरा, ३ वर्षीय डसन र ८ महिने क्यालनको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेकी छिन्। तर, उनका वकिलले घटनाको समयमा उनी ‘पोस्टमार्टम सायकोसिस’ (सुत्केरी अवस्थामा हुने गम्भीर मानसिक समस्या) बाट पीडित रहेको र सही वा गलत छुट्याउन नसक्ने अवस्थामा रहेको दाबी गर्दै आएका छन्।
Read full story at source (lokaantar.com)