भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन
khabarhub.com · Fri Sep 04 02:54:23 GMT 2026

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार २९० पुगेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीमा परी ४ हजार ७९८ जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक, ४५ बालिका र ५३२ वटा आंशिक अङ्ग रहेका छन्। दुई जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। फेला परेकामध्ये ९२६ वटा शवको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। यस्तै पहिचानका लागि १,१४३ मृतक र ७१९ आफन्त गरी कुल १,८६२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ।
Read full story at source (khabarhub.com)