छोरी सुरक्षा कार्यक्रम अलपत्र
deshsanchar.com · Fri May 16 17:15:53 GMT 2025

हुम्ला– कर्णाली प्रदेश सरकारले छोरीको सामाजिक र आर्थिक सुरक्षाका लागि भन्दै सञ्चालन गरेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र अवस्थामा रहेको छ। यसलाई न प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएको छ न त त्यसलाई बन्द गर्न नै नसक्दा यो कार्यक्रम निस्प्रभावी भएको हो।
पछिल्लो समय परिमार्जनसहित कार्यान्वयन गर्न खोजिए पनि कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठ्न थालेको छ भने सरकार स्वयम् अलमलमा परेको छ । यद्यपि, परिमार्जन गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने विषयमा छलफल भइरहेको सरकारले जनाएको छ। यो कार्यक्रम कार्यान्वयनका विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ । सरकारले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम परिमार्जन गरेर कार्यान्वयन गर्ने जनाएको छ तर अहिलेसम्म कार्यक्रम परिमार्जन हुन सकेको छैन । सरकारको आर्थिक व्ययभार नै प्रमुख चुनौतीका रूपमा देखिएको छ । सहज तरिकाले जतिसक्दो चाँडो कार्यव्रmम परिमार्जन गरेर कार्यान्वयनमा लैजान पनि सकिएको छैन ।
Read full story at source (deshsanchar.com)