भोटेकोशी बाढी : भारतबाट नौ शव ल्याइयो
gorkhapatraonline.com · Fri Sep 04 03:09:30 GMT 2026

भोटेकोशी क्षेत्रमा आएको हिमबाढीले बगाएर भारत पुगेका नौ वटा शव भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ ।
भारतको उत्तरप्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना प्रहरीले नारायणी नदी किनारमा फेला पारेका ती शव मङ्गलबार राति र बुधबार गरी नेपाल ल्याएर रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाएका छन् । भारतीय प्रहरीले मङ्गलबार राति पाँच र बुधबार अपराह्न चार गरी नौ वटा शव नेपाललाई बुझाएको हो ।
Read full story at source (gorkhapatraonline.com)