वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउन माग
onlinekhabar.com · Fri Jun 26 10:53:25 GMT 2026

१२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद उर्मिला अर्यालले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउन र बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखानालाई तत्काल पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय चिनी नीति र कारखाना सञ्चालनका लागि रुसले राखेको प्रस्तावका विषयमा सरकारको स्पष्ट धारणा माग गरिन् ।
Read full story at source (onlinekhabar.com)