मेची–महाकाली जनजागरण यात्रा ढल्केबरमा
gorkhapatraonline.com · Tue May 19 08:33:21 GMT 2026

चुरे क्षेत्र तथा प्राकृतिक स्रोतको संरक्षणको माग गर्दै सञ्चालन गरिएको ‘मेची–महाकाली जनजागरण एवं हस्ताक्षर अभियान यात्रा’ धनुषाको ढल्केबर आइपुगेको छ ।
जेठ १ गते पूर्वी नाका मेचीबाट सुरु भएको अभियान पाँचौँ दिन मङ्गलबार यहाँ आइपुगेको हो । चुरे तथा वनजङ्गल संरक्षण अभियानको आयोजनामा यो यात्रा निकालिएको अभियानका अध्यक्ष सुनिल यादवले बताउनुभयो । उहाँले चुरे क्षेत्रको विनाश रोक्न र राज्यलाई आवश्यक दबाब दिन देशव्यापी जनजागरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)