मोटरसाइकल र उपकरण चोरीमा संलग्न दुई जना पक्राउ
annapurnapost.com · Tue May 19 09:08:40 GMT 2026

अर्घाखाँची : शितगंगा नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल तथा विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गत वैशाख ३१ गते रातिको समयमा शितगंगा नगरपालिका–४ अमराई बजारस्थित कृषि विकास बैंक रहेको घरको बरन्डामा पार्किङ गरी राखिएको लु.प्र. ०१–०१२ प ६३६३ नम्बरको एभेन्जर मोटरसाइकल चोरी भएको थियो । त्यसैगरी शितगंगा सटिङ्ग सुटिङ्ग तथा टेलरिङ सेन्टर अगाडि पार्किङ गरिएको लु ३० प ७९५५ नम्बरको पल्सर मोटरसाइकल तथा वडा नं. १२ हिलेखोलास्थित वल्ड स्टार होटलको प्राङ्गणमा रहेको ईभी गाडी चार्ज गर्ने एडप्टर बक्स समेत चोरी भएको प्रहरीले जनाएको छ ।
Read full story at source (annapurnapost.com)