एजेन्सी करियर बबाल छ’ नारासहित सन नेपाल लाइफको ADM 360° Growth Summit 1.0 सम्पन्न
arthasansar.com

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजरलाई सहभागी गराउँदै ‘ADM 360° Growth Summit 1.0’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको उक्त कार्यक्रम ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको थियो ।
एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा करियर निर्माणका अवसरबारे सहभागीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देशभरबाट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली बजारका प्रख्यात प्रशिक्षकद्वय किशु झा र अजय रेग्मीले नेतृत्व विकास, व्यक्तिगत दक्षता, टोली व्यवस्थापन, व्यवसाय विस्तार रणनीति तथा आधुनिक बीमा बजारका चुनौती र अवसरका विषयमा प्रशिक्षण दिएका थिए।
Read full story at source (arthasansar.com)