सुरुङ भित्रबाट अर्का एक जनाको पनि जीवितै उद्धार
lokaantar.com

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका दुई जनाको जीवितै उद्धार गरिएको छ।
रास्वपा सांसद श्रीराम न्यौपानेले दिएको जानकारी अनुसार, सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले शुक्रबार बिहान सञ्जय साहको सकुशल उद्धार गरेको थियो। त्यसलगत्तै अर्का एक जना कबीर महर्जनलाई पनि सुरुङभित्रबाट जीवितै उद्धार गरिएको हो ।
Read full story at source (lokaantar.com)