कालीगण्डकी नदीको सम्भावित जोखिमबारे बहस
gorkhapatraonline.com · Fri Sep 04 04:00:19 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले सिर्जना गरेको महाविपत्तिपछि बागलुङमा कालीगण्डकी नदीको सम्भावित जोखिमबारे बहस सुरु भएको छ ।
धवलागिरि हिमालआसपासका हिमतालमा पनि जोखिम हुन सक्ने भएकाले सचेतना अपनाउनुपर्ने आवाज उठ्न थालेको हो । कालीगण्डकीको मुख्य स्रोत हिमाल र हिमताल नै भएकाले सम्भावित जोखिमको अध्ययन गरी पूर्वतयारी गर्न सरोकारवालाले चासो देखाएका छन् । बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समिति बागलुङको बैठकमा राजनीतिक दलका नेता, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सरोकारवालाले कालीगण्डकीको जोखिम न्यूनीकरणका लागि तत्काल अध्ययन हुनुपर्नेमा जोड दिएका छन् । छलफलपछि समितिले नदी किनारका क्षेत्रमा हुन सक्ने जोखिमको अध्ययन गर्न अगुवाइ गर्ने निर्णय गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)