त्रिशूली–३ ‘ए’ को सुरुङबाट सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार
annapurnapost.com · Fri Sep 04 04:00:44 GMT 2026

काठमाडौं : गत बुधबार भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। सुरुङभित्र फसेकाे अवस्थामा रहेका सञ्जय साह र कविर महर्जनको नेपाली सेनासहितको प्राविधिक टोलीले सकुशल उद्धार गरेको हो।
आयोजनास्थलमा खोजी तथा उद्धारमा निरन्तर खटिएको सुरक्षाकर्मी र प्राविधिक टोलीले बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएका थिए। इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आवाजको संकेत मिल्ने बित्तिकै नेपाली सेनाको टोलीले उद्धार कार्यलाई तीव्र पारेको थियो।
Read full story at source (annapurnapost.com)