बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो
ratopati.com · Fri Jul 03 15:02:48 GMT 2026

बैतडी । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले बताए । अनुसार पाटन–६ का ३१ वर्षीय दीपक विक, नाम नखुलेका पाटन–८ का अन्दाजी ६० वर्षीय पुरुष र परिचय नखुलेकी अन्दाजी ५५ वर्षीया महिला गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको टाउकोमा चोट लागेको उनले जानकारी दिए ।
Read full story at source (ratopati.com)