गैराखानमा भएको बस दुर्घटनामा २० घाइते
hamrakura.com · Fri Jul 03 00:00:00 GMT 2026
दशरथचन्द । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो साढे ३ बजे बैतडीको पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले बताए ।
Read full story at source (hamrakura.com)