ह्वाट्सएपमा बाढीको पूर्वसूचना
gorkhapatraonline.com · Fri Sep 04 04:41:36 GMT 2026

जिल्ला प्रशासन कार्यालयले महाकाली नदी तटीय क्षेत्रका समुदायलाई समेटेर विपतसम्बन्धी पूर्वसूचना दिने उद्देश्यले सरोकारवालाको एक ह्वाट्सएप समूह बनाएको छ । सो समूहमा नदी तटीय क्षेत्रका बासिन्दा, जिल्लास्थित सुरक्षा निकाय, सञ्चारकर्मी, रेडक्रस र विपत्को क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थालाई समेटिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा विपतबारे समुदायलाई पूर्वसूचना दिन नदी तटीय क्षेत्रमा बसोबास गर्ने नेपाल–भारत दुवै देशका नागरिकलाई जोड्ने काम भइरहेको गैरसरकारी संस्था रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । झुलाघाटमा पहिरो खसेसँगै महाकाली नदीमा पानीको बहाब बढेको सूचना यतिबेला यही संयन्त्रमार्फत समुदायस्तरमा पुर्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)