राष्ट्रसंघ महासभामा जाने प्रधानमन्त्रीको तयारी
annapurnapost.com · Fri Sep 04 04:41:03 GMT 2026

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने भएका छन्। सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको आग्रहपछि प्रधानमन्त्री शाह आफैं न्युयोर्क जाने तयारीमा जुटेको उच्च स्रोतले जनाएको छ। ‘प्रधानमन्त्रीको यो भ्रमण छोटो हुनेछ,’ प्रधानमन्त्री सचिवालय स्रोत भन्छ, ‘प्रतिनिधिमण्डलको टोली पनि सानो बनाइनेछ।’
भदौ ३ मा मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने निर्णय गरेको थियो। तर, भदौ १० को विनाशकारी भोटेकोशी बाढीपछि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको स्थिति बुझाउन प्रधानमन्त्री आफैं जानुपर्ने दबाब बढेको थियो।
Read full story at source (annapurnapost.com)