पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालनमा आयो
lokaantar.com

काठमाडौँ । केही दिनयता परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोट-डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असार १५ गते आएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ स्थित सालझण्डी-ढोरपाटन सडक, असार १७ गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका-८ डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग तथा असार १८ गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएका छन् ।
Read full story at source (lokaantar.com)