भाेटेकाेशी बाढी: केरुङ नाकाबाट कति गएका थिए चीनतर्फ?
nagariknews.nagariknetwork.com · Fri Sep 04 03:46:23 GMT 2026

भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको शव संकलन जारी छ। कतिपयले शव पनि पाउने आशा छाडेर कुसको शव बनाएर सद्गत गरिरहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार बिहीबार साँझसम्म साढे १२ सयभन्दा बढीको शव संकलन हुँदा ९५ जनाको पहिचान भई परिवारको जिम्मा लगाइएको छ। अहिले पनि ५२ सयभन्दा बढी बेपत्ता रहेको सरकारको दाबी छ। सरकारले अहिलेसम्म पनि बाढीबाट जनधनको कति क्षति भयो भनेर यकिन गर्न सकेको छैन।
सरकारकै विभिन्न निकायले प्राप्त शव संख्या नै फरकफरक उल्लेख गरिरहेकाले राज्यका निकायहरूबिच नै समन्वयको अभाव रहेको स्पष्ट हुन्छ। त्यसकारण पनि बाढीबाट भएको क्षति, राहत, उद्धारसहितका काममा प्रभावकारी बन्न सकेको छैन। सोही दिन नेपाल र चीनको सीमा क्षेत्र केरुङ नाकाबाट कति नेपाली बाहिरिए भन्ने यकिन विवरण पनि सरकारसँग छैन। केरुङमा काम गर्नेमध्ये एक सय ४७ जनालाई बिहीबार सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल पठाइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)