गोरखामा ग्यासमा कालोबजारी गर्ने व्यापारीलाई तीन लाख जरिवाना
gorkhapatraonline.com · Fri Sep 04 04:48:38 GMT 2026

खाना पकाउने ग्यासमा उपभोक्तालाई ठगी गरेको आरोपमा गोरखा सदरमुकामस्थित गणेश भाँडा पसललाई जिल्ला प्रशासन कार्यालय गोरखाले तीन लाख रुपियाँ जरिवाना गरेको छ । सिल गरिएको ग्यास सिलिन्डरबाट ग्यास चोरी गरी बिक्री वितरण गरेको पुष्टि भएपछि प्रशासनले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरेको हो ।
अनुचित व्यावसायिक क्रियाकलाप गरेको भन्दै प्रशासनले उक्त जरिवाना गरेको हो । जरिवाना रकम दाखिला गर्न व्यवसायीलाई सात दिनको समय दिइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)