निर्माणाधीन सडकमा खाल्टैखाल्टा
gorkhapatraonline.com · Fri Sep 04 04:46:59 GMT 2026

कैलालीको धनगढी उपमहानगरपालिकाको भित्री बाटोमा निर्माणाधीन सडकमा खाल्टैखाल्टा हुँदा यात्रुुले निकै समस्या भोग्नु परेको छ । धनगढी गाउँ–घुइँयाघाट–बेली रोड जोड्ने निर्माणाधीन सडकमा बनेका खाल्टाखुल्टी निर्माण कम्पनीले नपुर्दा आवतजावतमा समस्या भएको हो । धनगढीको बजार क्षेत्रमा सडक चिटिक्क भए पनि भित्री र ग्रामीण क्षेत्रका थुप्रै सडक भने हिँडडुल गर्नै नसक्ने गरी बिग्रिएका छन् ।
निर्माणाधीन सडक बर्खामा हिलाम्मे हुनुका साथै दुर्घटनाको कारक बनेको छ । धनगढी गाउँदेखि घुइँयाघाटसम्म सडकमा यत्रतत्र बनेका ठुला खाल्टामा सवारीसाधन फस्ने समस्या उत्तिकै छ । पानीले भरिएका ठुल्ठुला खाल्टामा दुर्घटना हुने गरेका छन् । मुख्य सडक क्षेत्रलाई झिलिमिली बनाएको धनगढी उपमहानगरपालिकाले भित्री क्षेत्रको सडकलाई कम प्राथमिकता दिँदा यस्तो नियति भोग्नु परिरहेको धनगढी गाउँका बाबुराम रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेपछि सडक नै बाढी आएको जस्तो हुने गर्छ । यत्रतत्र बनेका खाल्टामा कमसेकम ग्राभेल हालेको भए हिँडडुल गर्न सहज हुन्थ्यो नि !”
Read full story at source (gorkhapatraonline.com)