बेइजिङ भ्रमणअघि पुटिनले भने–चीन विश्वमञ्चमा स्थायित्व कायम गर्ने शक्ति
annapurnapost.com · Tue May 19 10:05:30 GMT 2026

रुस : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ नेता सी जिनफिङसँग हुने वार्ताअघि मस्को र बेइजिङबीचको गहिरिँदो सम्बन्धलाई विश्वमञ्चमा ‘स्थायित्व कायम गर्ने शक्ति’ का रूपमा प्रशंसा गरेका छन् । मंगलबारबाट सुरु हुने दुई दिने चीन भ्रमणअघि सम्बोधन गर्दै पुटिनले मस्को र बेइजिङ कुनै अन्य देशविरुद्ध गठबन्धन बनाउन नचाहेको, बरु ‘शान्ति र विश्वव्यापी समृद्धि’ का लागि सहकार्य गरिरहेको बताए ।
‘यही भावनाअनुसार मस्को र बेइजिङले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको घोषणापत्रका सिद्धान्तहरूको संरक्षणका लागि प्रयास समन्वय गरिरहेका छन्’, पुटिनले भने । युक्रेनमाथिको रुसी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघनका रूपमा व्यापक आलोचना गरिएको छ ।
Read full story at source (annapurnapost.com)