झापामा गोली चल्यो, दुईजना घाइते
ratopati.com · Tue May 09 22:27:00 GMT 2023
झापा । झापाको दमकमा प्रहरीले गोली चलाएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधरले निकालेको राँके जुलुसमा गोली चलाउँदा दुईजना प्रदर्शनकारी घाइते भएका छन् ।
दमकमा भएको झडपमा गोली चल्दा दुईजना घाइते भएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । प्रहरीतर्फ ५ जना घाइते भएका छन् ।
Read full story at source (ratopati.com)