माटोको घारमा मौरीपालन
gorkhapatraonline.com · Fri Sep 04 04:56:10 GMT 2026

उर्लाबारी, भदौ १९ गते । मोरङको केराबारी–५, सतिसालेका ३३ वर्षीय राजु राईले दुई वर्षअघि माटोको घारमा स्थानीय जातको (सेरेना) मौरीपालन सुरु गर्दा गाउँघरका कसैले पत्याएका थिएनन् । घरवरिपरिको ढुङ्गामाटो मिलाएर आफैँले पाँच घार बनाई त्यही घारमा काठको डुडबाट रानो सारेर सेरेना जातको मौरीपालन सुरु गरेका राई यतिबेला २७ घारमा मौरीपालन गरिरहनुभएको छ ।
सेरेनाले नस्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ तर मूल्य राम्रो पाइन्छ । त्यसैले राजु यतिबेला केराबारी गाउँपालिकाका १० वटा वडामा एक घर माटोको एक घार मौरी पाल्ने अभियान चलाइरहनुभएको छ । उहाँले भन्नुभयो, “प्रत्येक घरमा मौरीपालन गरेपछि विषादीको प्रयोग हुन छोड्छ । विषादी छरेको ठाउँमा मौरी रमाउँदैन । एक घर एक मौरीपालनले आयआर्जनसँगै विषादी प्रयोग न्यूनीकरण हुने राजुको बुझाइ छ । गत वर्ष पाँच घारबाट ३० किलो मह उत्पादन भयो । प्रतिकिलो एक हजार छ सयमा घरबाटै बिक्री भयो ।
Read full story at source (gorkhapatraonline.com)