त्रिशुली ३ एबाट उद्धार गरिएका दुवैको 'भाइटल प्यारामिटर नर्मल'
swasthyakhabar.com · Fri Sep 04 05:05:05 GMT 2026

काठमाडौं - त्रिशुली ३ए जलविद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। उद्धारपछि उपचारमा खटिएको नेपाली सेनाको मेडिकल टिमले दुवैको भाइटल प्यारामिटर (मुटुको धड्कन, रक्तचाप, सास फेर्ने दर र शरीरको तापक्रम) सामान्य अवस्थामा रहेको पुष्टि गरेको छ।
सेनाको मेडिकल टोलीले उद्धार स्थलमै प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा दुवै व्यक्तिको अक्सिजन स्तर र नाडीको गति सन्तोषजनक रहेको तथा कुनै पनि प्रकारको तत्काल जोखिम नदेखिएको जानकारी दिएको हो। दुवैको शारीरिक अवस्था सामान्य रहे पनि पानी निलेको, चिसोले प्रभावित भएको वा मनोवैज्ञानिक आघातको सम्भावनालाई मध्यनजर गर्दै उनीहरूलाई अस्पतालमा भर्ना गरी थप अवलोकन (ओब्जर्भेसन) र आवश्यक उपचार प्रदान गरिने मेडिकल टोलीले जनाएको छ।
Read full story at source (swasthyakhabar.com)