अर्थमन्त्रीलाई एमालेको चुनौती- सबै घटनाको दूधको दूध पानीको पानी गरेर छुट्टाउन तयार छौँ
nepalpress.com · Fri Jun 12 06:00:18 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको प्रतिपक्ष तयार रहेको जवाफ दिएका छन्। हिजो प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै खोल्ने चेतावनी दिएका थिए।
त्यसबारे उनले भने, ‘देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउन चाहन्छ।’
Read full story at source (nepalpress.com)