उत्तर प्रदेशमा अविरल वर्षापछि बाढी, ७ जनाको मृत्यु
ratopati.com · Fri Sep 04 05:14:53 GMT 2026

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा लगातार भइरहेको वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्दा बाढीको अवस्था सिर्जना भएको छ । बाढी र डुबानका कारण घर तथा पसलमा पानी पसेको छ भने रोजगारी प्रभावित हुँदा स्थानीयवासीको जनजीवन कठिन बनेको छ । वर्षासँगै घर तथा पर्खाल भत्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
चित्रकुटमा मन्दाकिनी नदीको पानी घाट र सडकसम्म पुगेपछि नदी किनारमा बसोबास गर्ने २५० भन्दा बढी परिवार जोखिममा परेका छन् । बराछ गाउँमा कच्ची पर्खाल र छाना भत्किँदा ३५ वर्षीय कल्लु यादव र उनका दुई बालबालिकाको मृत्यु भएको छ । सीतापुरमा दुई महिला, बहराइचमा एक बालिका र बाराबंकीमा एक जनाको पनि मृत्यु भएको जनाइएको छ ।
Read full story at source (ratopati.com)