भोजपुरमा स्क्रब टाइफस संक्रमण बढ्दै, जनजीवन प्रभावित
annapurnapost.com · Fri Sep 04 05:07:48 GMT 2026

भोजपुर : भोजपुरका ग्रामीण बस्तीमा स्क्रब टाइफसको संक्रमणले जनजीवन प्रभावित बन्न थालेको छ। उच्च ज्वरोसँगै जिउ दुख्ने, थकान र अत्यधिक आलस्य हुने लक्षणले गाउँका बासिन्दा धमाधम ओछ्यान पर्न थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। कतिपय बस्तीमा घरैपिच्छे बिरामी पर्न थालेका छन् भने एकै परिवारका धेरै सदस्यसमेत संक्रमणबाट प्रभावित भएका छन्।
उत्तरी साल्पासिलिछो गाउँपालिका–१ र २ कुलुङमा संक्रमण फैलिँदा स्थानीय प्रभावित भएका छन्। संक्रमणका कारण कतिपय परिवारका सदस्यहरू एकैपटक थलिँदा गाउँको जनजीवन नै प्रभावित बनेको छ। कुलुङका स्थानीय कृष्ण कट्टेलका अनुसार पछिल्लो समय गाउँमा ज्वरो र जिउ दुख्ने समस्या व्यापक बनेको छ। ‘अत्यधिक ज्वरो आउने र जिउ दुख्ने समस्याले पुरै गाउँ नै थलिएको अवस्था छ,’ उनले भने, ‘धेरै घरमा एकपछि अर्को गर्दै बिरामी पर्न थालेका छन्। रोकिने छाँटकाँट देखिँदैन।’
Read full story at source (annapurnapost.com)