रामशरण नेपालीको परिवारमा घोप्टिएको अन्धकार !
annapurnapost.com · Fri Sep 04 05:16:17 GMT 2026

नुवाकोट : रामशरण र उनकी श्रीमती अम्बिका अनि एक छोरा निकै व्यस्त थिए। उनीहरू केही पुराना कपडा, केही भाँडाकुँडा, छोराको सर्टिफिकेट, नागरिकता र अन्य यस्तै कागजात सडकछेउमा सुकाइरहेका थिए।
छोराले राजा महेन्द्रको तस्बिर अंकित एक रुपैयाँसहित ५, १० र २० रुपैयाँका केही नोटहरू पनि सुकाउँदै थिए। अम्बिकाको छेउमै थियो, खुट्टा भाँचिएको कुखुरा– त्रस्त अवस्थामा। उनीहरूको पछाडि थियो बाढीले आधा डुबाएको एकतल्ले घर। रामशरणले त्यही घरका झ्याल–ढोकाका चर खोजेर यी सबै सामग्री बटुलेका हुन्। उनीहरूका गतिविधि खिच्न दर्जनौं क्यामेरासहितका देशी–विदेशी पत्रकारहरू तैनाथ थिए। रामशरणका आँखाबाट बेलाबेला झरेका आँसु सुकाइएका कागजातमा झर्थे। आफूलाई घेरेर उभिएका पत्रकारप्रति उनलाई कुनै चासो थिएन।
Read full story at source (annapurnapost.com)