फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी चयन
corporatenepal.com · Tue May 19 08:41:16 GMT 2026

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहनु भएकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।
ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरुलाई अगाडि बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनियताको सपथ गराएका थिए ।
Read full story at source (corporatenepal.com)