१ हजार ३ सय सर्पको उद्धार, जोखिमसँग खेल्दै जनचेतना फैलाउँदै
nepalviews.com · Tue May 19 05:01:51 GMT 2026

मोरङ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षका भए। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकेका छन्। यस अवधिमा उनले १ हजार ३ सयभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकेका छन् । कहिले खेत खलियानबाट, कहिले भान्छा घरबाट, त कहिले मानिसको ओछ्यानबाटै।
भण्डारीको सर्पसँगको सम्बन्ध २० वर्षको उमेरदेखि भयो। छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उनलाई सर्प प्रेमी बनायो। कुनै विशेष उपकरणबिनै ठूला सर्पलाई समात्ने विष्टको सीपले उनलाई आकर्षित गर्यो। त्यही सिकाइले उनलाई पनि बिस्तारै सर्प समात्न र उद्धार गर्न सक्षम बनायो।
Read full story at source (nepalviews.com)