विश्वविद्यालयका निमित्त भीसीलाई शिक्षामन्त्री पोखरेलले भने– उपकुलपति पारदर्शी र योग्यतामा नियुक्त हुन्छ
shilapatra.com · Tue May 19 10:42:30 GMT 2026

विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया सम्पन्न भएको छ । विश्वविद्यालयहरूका सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको संवाद कार्यक्रममा नयाँ व्यवस्था नहुन्जेल विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन–अध्यापन कार्यलाई निरन्तरता दिन आवश्यक कदमबारे सम्बन्धित पदाधिकारीहरूबाट योजना प्रस्तुत भएको छ ।
सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिए । विभिन्न विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेको छ ।
Read full story at source (shilapatra.com)