विद्या भण्डारीलाई सदस्यता दिएकोबारे छोरी उषाले भनिन्– परिस्थिति, परिबन्धको प्रभाव
setopati.com · Tue May 19 10:58:00 GMT 2026

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयबारे उनकी छोरी उषाकिरण भण्डारीले टिप्पणी गरेकी छन्। एमाले परराष्ट्र मामिलाकी पूर्व सदस्यसमेत रहेकी भण्डारीले पहिले सदस्यता नदिने निर्णयमा एकजना पात्रको मात्र बल नभएको र अहिले सदस्यता दिने निर्णयमा पनि कोही एक व्यक्तिको सदासयता वा आशीर्वाद नरहेको बताएका छन्। उषाकिरण मदन भण्डारी फाउण्डेसनको अध्यक्ष पनि हुन्।
‘नियम, तर्कको अनुकम्पामा निर्भर हुन्छ– संविधानको बहसदेखि विभिन्न विधानका नियमावलीको बहसमा देख्दै आएका छौं। पहिले सदस्यता नदिने निर्णयमा एकजना पात्रको मात्र बल थिएन र अहिले सदस्यता दिने निर्णयमा पनि कोही एक व्यक्तिको सदासयता वा आशीर्वाद छैन– परिस्थिती परिबन्धको प्रभाव छ,’ उनले भनेकी छन्।
Read full story at source (setopati.com)