सुरुङबाट उद्धार गरिएका कवीरकी श्रीमती भन्छिन्– 'आश मारिसकेको थिएँ, जीवनकै ठूलो खुशी मिल्यो'
lokaantar.com

रसुवाको भोटेकोशीमा बाढी आएपछि हिराशोभा महर्जनको मनमा चिसो पस्यो । उनका श्रीमान् कवीर महर्जन त्रिशूली– ३ ‘ए’ जलविद्युत आयोजनामा काम गर्थे । बाढीले आयोजना समेत पुरेको सूचना पाएपछि हिरासोभाको होसहवास उड्यो ।
उनका परिवारले खोजतलासका लागि ऊर्जा मन्त्रालयदेखि विद्युत प्राधिकरणमा समेत सोधीखोजी गरे । सुरुङभित्र फसेकाको उद्धार कार्य भइरहेको जवाफ मात्रै पाएकी हिराशोभालाई शुक्रबार बिहान भने नसोचेको खबर आयो । सेनाले उद्धार गरेका दुईमध्ये एक जना थिए, हिराशोभाका श्रीमान कवीर । तब मात्रै हिराशोभालाई सपनाबाट ब्यूँझिएजस्तै भयो । अनि उनलाई कुन बेला श्रीमानेका अनुहार हेर्न पाइन्छ भन्ने भयो । मोबाइल हेर्न थालिन् । उद्धार गरिएका आफ्ना श्रीमान् कवीर देखेपछि उनी ढुक्क भइन् ।
Read full story at source (lokaantar.com)